काठमाडौं । साउथह्याम्पटन इंग्लिसप्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक एक गोल गरे । खेलको सातौं मिनेटमा चेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथह्याम्पटनलाई सहज जित दिलाए । यस जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो ।
साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो । न्युकासल ८ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २२ शनिबार
Comments