काठमाडौं । इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ३-१ गोल अन्तरले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो ।
सेल्टिक मैदानमा राडे क्रुनिकले १४ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको ७६ औं मिनेटमा मोहमेद एल्यौनोसीले गोल गर्दै सेल्टिकलाई २-१ को स्थितिमा ल्याए । तर, ९० औं मिनेटमा जेन्स पिटर हउगेले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै समूह एचु को मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिलले स्पार्टा प्राग्वेलाई ४-१ ले हराएको छ । यस समूहमा लिल शीर्ष स्थानमा रहदा मिलान दोस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
Comments