काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेल्टा भिगोसँग भिड्दै छ । सिजनको दोस्रो खेलमा बार्सिलोनाले सेल्टासँग भिड्न लागेको हो ।
बार्सिलोना र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति १:१५ बजे शुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा सेल्टा जित हात पार्न चाँहान्छ भने बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यस्तै ला लिगा फुटबलको अर्को खेलमा एथ्लेटिक बिल्बाओले काडिजसँग भिड्ने छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १५ बिहिबार
Comments