एजेन्सी, १७ पुस । इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेष्टर सिटीलाई ०–१ ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।
सिटीलाई हराउने क्रममा लिभरपुलका लागि जर्जिनिओ विजानाल्डुमले खेलको ८ मिनेटमा शानदार हेड गोल नै निर्णायक बन्यो ।
लिभरपुल १९ खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलसँग पराजित सिटी ३९ अंकमा समेटिँदै तेस्रो स्थानमा झरेको छ ।
म्यान्चेष्टर सिटीलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा
0
Share.
Comments