काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ । मार्सेबिरुद्धको खेलमा रातो कोर्ड खादै मैदान बाहिरिएका नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो ।
फ्रेन्च फुटबलका अधिकारीले नेयमारले दाबी गरेको नश्लीय दुर्व्यवहारको आरोपमाथि अनुसन्धान गर्ने बताएका छन् । आईतबार भएको तनावपूर्ण खेलमा नेयमार सहित ५ खेलाडीले फ्रेन्च लिगमा रातो कार्ड खाएका थिए । मार्सेका अल्भारो गोन्जालेजमाथि हातले हानेपछि नेयमारलाई समेत रातो कार्ड देखाईएको थियो ।
मैदानबाट बाहिरिने क्रममा नेयमारले आफुमाथि नश्लीय दुर्व्यवहार गरेको भन्दै भारका आधारमा अनुसन्धान गर्नुपर्ने बताएका थिए ।गोन्जालेजले आफुमाथि लागेको आरोपको अस्विकार गर्दै आएका छन् ।
नेयमार सहित अरु थप ४ खेलाडीले समेत प्रतिबन्ध भोगेका छन् । पीएसजीका डिफेन्डर लेविन कुर्जावाले ६ खेलको प्रतिबन्ध भोगेका छन् ।
उनका सहकर्मी लिएन्ड्रो परेडेसले दुई खेलको प्रतिबन्ध भोगेका छन् । यस्तै मार्सेका जोर्डन अमावीमाथि तीन र डारियो बेनेडेटोमाथि एक खेलको प्रतिबन्ध लागेको छ ।
फ्रान्सेली फुटबलले नेयमारले आरोप लगाएको नश्लीय दुर्व्यवहारमाथि थप अनुसन्धान हुने जनाएको छ । पीएसजीले नेयमारलाई आफुले बलियो साथ दिने बताएको छ भने मार्सेले आफ्नो खेलाडीले कुनै नश्लीय टिप्पणी नगरेको दाबी गरेको छ । सो खेलमा ५ खेलाडीले रातो कार्ड खाएका थिए भने पीएसजी सो खेलमा १–० ले पराजित बनेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ अशोज १ बिहिबार
Comments