काठमार्डौ । इंग्लिस क्लब टोटेनहमले स्पेनिस डिफेन्डर सर्जियो रेगुइलोनलाई अनुबन्ध गर्ने भएको छ । रेगुइलोन अनुबन्धको लागि प्रिमियर लिग क्लब र स्पेनिस क्लब रियल मड्रिडबीच सहमति बनेको बीबीसीले जनाएको छ ।
टोटेनहम रेगुइलोन अनुबन्धको लागि ३० मिलियन युरो खर्चिन तयार भएको बताईएको छ । रेगुइलोन र टोटेनहमबीच केहि दिनमा औपचारिक सम्झौता हुने समेत बताईएको छ ।
स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोन इंगलिस प्रिमियर लिगको टोटेनहम हट्सपरमा अनुबन्धित हुने भएका छन् । टोटेनहमले २३ वर्षीय डिफेन्डरसँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ ।
पछिल्लो समय रेगुइलोन म्यानचेस्टर युनाइटेडसँग समेत जोडिएका थिए । गत सिजन रेगुइलोनले सेभियाबाट लोनमा खेलेका थिए । रेगुइलोनले ३१ लिग खेलमा २ गोल समेत गरेका थिए । सेभियाले युरोपा लिगको उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार
Comments