आजबाट यूईएफए नेशन्स लिगका खेलहरू आजबाट सुरु हुँदैछन् । समूह चरणअन्तर्गत पहिलो दिन आज १० खेल हुँदैछन् ।
काठमाडौं । आज जर्मनी, स्पेन, वेल्स, स्वीट्जरल्याण्ड र रसिया पनि प्रतिस्पर्धामा छन् । आज जर्मनी र स्पेनको भिडन्त हुँदैछ । नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेल जमर्नीको मैदानमा हुनेछ ।
यस्तै वेल्सले सोही समय फिनल्याण्डसँग खेल्दैछ । यो खेल फिनल्याण्डको मैदानमा हुनेछ । सोही समय स्वीट्जरल्याण्डले युक्रेनसँग उसैको मैदानमा खेल्नेछ भने रसियाले सर्बियालाई आफ्नो मैदानमा निम्त्याउने छ ।
आज हुने खेलहरूः
- लाटभिया भर्सेस एन्डोरा– राति ९ः४५ बजे
- फ्रायोइ इज्ल्याण्ड भर्सेस माल्टा– राति १२ः३० बजे
- जर्मनी भर्सेस स्पेन– राति १२ः३० बजे
- बुल्गेरिया भर्सेस आयरल्याण्ड– राति १२ः३० बजे
- रसिया भर्सेस सर्बिया– राति १२ः३० बजे
- स्लोभेनिया भर्सेस ग्रीस– राति १२ः३० बजे
- टर्की भर्सेस हंगेरी– राति १२ः३० बजे
- फिनल्याण्ड भर्सेस वेल्स– राति १२ः३० बजे
- माल्डोभा भर्सेस कोसोभो– राति १२ः३० बजे
- युक्रेन भर्सेस स्वीट्जरल्याण्ड– राति १२ः३० बजे
एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १८ बिहिबार
Comments