काठमाडौं । यूएस ओपन टेनिसमा सेरेना विलियम्सले विजयी सूरुवात गरकी छिन् । कीर्तिमानी २४ औं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेनाले बुधबार पहिलो चरणको खेलमा अमेरिकी खेलाडी क्रिस्टी अहेनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।
उनले दुवै सेटमा सर्भिस ब्रेक लिएकी थिईन् । दुई सेटको खेलमा जित निकाल्न उनले साँढे १ घण्टाको समय लगाएकी थिईन् । ‘म साच्चिकै खुसी छु । जसरी मैले सबै अंकहरु प्राप्त गरे ।’ उनले भनिन् ।
‘केही फरक पर्ने छैन, मैले कसरी खेले । मलाई आफ्नो सेरेनालाई फर्काउनु थियो ।’ उनले थपिन् । उनी दोस्रो चरणमा दिदी भेनस विलियम्सलाई जोडिने छैनिन् । भेनस चेक खेलाडी कारोलिना मुचोभासंग ६–३ र ७–५ को सेटमा पराजित बनिन् । दुई पटककी च्याम्पियन भेनस पहिलो पटक ग्रान्डस्लामको पहिलो चरणमा पराजित भएकी हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १७ बुधबार
Comments