काठमाडौं । कीर्तिमानी धावक युसेन बोल्टलाई पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । ३४ वर्षीय धावक बोल्टले जमैकामा जन्म दिनको पार्टी गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उक्त जन्म दिनको पार्टीमा म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका स्टार रहिम स्ट्रर्लिङसमेत सामेल भएको बताइएको छ । कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ९ मंगलबार
Comments