काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीका प्रशिक्षक थोमस टुसिलले आफ्नो क्लबमा लियोनल मेस्सीलाई स्वागत गर्न जहिले तयार रहेको तर उनी बार्सिलोनामै रहुन् भन्ने अपेक्षा रहेको बताएका छन् ।
टुसिलको क्लब पिएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा आइतबार राति जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भयो ।
प्रशिक्षक टुसिलले बिटी स्पोर्टससँग भनेका छन्, ‘मेस्सीका लागि नाईँ कुन प्रशिक्षकले भन्छ ? तर मलाई लाग्छ उनले खेल जीवन बार्सिलोनामै टुंग्याउने छन् । उनी मिस्टर बार्सिलोना हुन् ।’
३३ वर्षका मेस्सी बार्सिलोनामा निराश रहेको र उनले क्लब छोड्ने मनसाय बनाएको खबर आउने गरेका छन्।
स्पेनिस जाइन्ट बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएपछि क्लबमा गम्भीर परिवर्तनको माग उठिरहेको छ। एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ८ सोमबार
Comments