काठमाडौं । इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा सेभिल्लाले इन्टरलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो ।
सेभिल्लाका लागि लुक डी योङले दुई र डिएगो कार्लोसले एक गोल गरे । यस्तै, इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १–१ को बराबरीमा ल्याए । ३३ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए ।
३६ औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ७४ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३–२ को जित दिलाए । ससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।
पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो । सन् २००६ र २००७ मा यूईएफए कप रहँदा उपाधि जितेको सेभिल्लाले सन् २०१४ देखि १६ सम्म लगातार तीन पटक जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ६ शनिबार
Comments