काठमाडौं । बोरुसिया डर्टमण्डका विङ्गर जाडोन साञ्चो जर्मन क्लबमै खुसी देखिएका छन् । समर ट्रान्सफरमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसंग जोडिएका साञ्चोले डर्टमण्डका युवा खेलाडीसंग मैदानमा खेल्न पाउँदा निकै खुसी हुने बताएका हुन् ।
उनले क्लबका युवा खेलाडीलाई सहयोग र मार्गनिर्देश गर्न समेत चाहेको बताएका छन् । ईङ्ल्याण्डका २० बर्षिया विङ्गरलाई प्रिमियर लिग क्लब युनाईटेडले अनुबन्धनको पहिलो सूचिमा राखेको छ ।
तर कलबमा स्पोर्टिङ डाइरेक्टर मिकेल जोरले सोमबार मात्र अर्को सिजन समेत साञ्चो क्लबमै बस्ने बताएका थिए । ः‘यसरी खेल्न म साह्रै मन पराउँछु ।’ प्रि–सिजनको तयारीमा रहेका साञ्चोले भने ।
‘यो निकै उद्भुत क्षण हो । हामीले केही बिशेष युवा खेलाडी आउदै गरेको पाएका छौ । म उनीहरुसंग मैदान बाँड्न पाउँदा र सहयोग गर्न पाउँदा निकै खुसी छु ।’ साञ्चोले भने ।
‘म १७ बर्षको उमेर क्लबसंग जोडिएका थिए । केही युवाहरु मेरै उमेर समुहमा छन् । म उनीहरुसंग रहन चाहन्छु र केही गर्न चाहन्छु । म उनीहरुलाई के सही र के गलत भनेर चिनाउन चाहन्छु । म उनीहरुलाई पक्कै उत्साहित बनाउन सक्नेछु ।’ उनले थपेका छन् ।
युनाईटेडले डर्टमण्डले तयार पारेको सय मिलियन पाउण्डको मुल्यमा बिचार गरिरहेको छ । खेलाडीको तलब र एजेन्ट शुल्कसंगै ठुलो मुल्य तिर्न कोभिड भाईरसको समयमा गाह्रो पर्ने देखिएको छ ।
डर्टमण्ड क्लबले अगष्ट १० भित्र साञ्चो लिनका लागि समयसिमा तोकेको थियो । तर सो समयसम्म कुनै घटनाक्रम विकास हुन सकेन । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments