काठमाडौं । इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्दै इन्टर अन्तिम आठमा पुगेको हो ।
इन्टरलाई जित दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए । ७६ औं मिनेटमा गेटाफेका जोर्गे मोलिनाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसपछि खेलको ८३ औं मिनेटमा एरिक्सनले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । अब क्वाटरफाइनलमा इन्टरले बायर लेवरकुसेन र रेन्जर्सबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा जर्मन क्लब लेवरकुसेन ३-१ ले अघि रहेको हो ।
त्यस्तै शाख्तर डोनेस्कले दोस्रो लेगमा वुल्फवर्गलाई ३-० ले हराएर अन्तिम आठको यात्रा तय गरेको छ । पहिलो लेगमा २-१ को जित निकालेको डोनेस्कले समग्रमा ५-१ को जित निकालेको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
Comments