काठमाडौं । श्रीलंका महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन् ।
३४ वर्षीय श्रीपालीले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी हुन् । सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडी श्रीपालीले श्रीलंकाका लागि ८९ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलेकी छिन् । मैले सन्यास लिने निर्णय गरेको छु । मैले यो समय उपयुक्त रहेको ठानेको छु, सन्यास घोषणा गर्दै उनले भनेकी छिन् ।
श्रीपालीले श्रीलंकाका लागि सन् २००९,१३ र १७ को एकदिवसीय विश्वकप खेलेकी छिन् । यस्तै टी-ट्वान्टीमा २००९,१०,१२,१४ र १८ गरी पाँच पटक टी(ट्वान्टी विश्वकप खेलेकी छिन् ।
उनले श्रीलंकाको लागि अन्तिम खेल २०१८ को टी-ट्वान्टी विश्वकपमा बंगलादेशसँग खेलेकी थिइन् । सन् २०१४ को एसियन गेम्समा श्रीलंकाले कास्य जित्दा उनी टिममा थिइन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार
Comments