काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो र दोस्रो हाफमा वुल्भ्सले एक–एक गोल गरेको हो। ४१ औँ मिनेटमा कास्तेलो पोदेन्सेले गोल गरी सुरुवाति अग्रता दिलाए । ६८ औँ मिनेटमा क्यास्ट्रो ओटोले गोल गरेपछि वुल्भ्स २–० ले विजयी भएको हो । जितपछि वुल्भ्सको ३७ खेलबाट ५९ अंक भएको छ । ५८ अंक रहेको टोटनह्याम सातौँ स्थानमा झरेको छ ।
लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा न्यूक्यासलसँग गोलरहित बराबरी खेलेको ब्राइटन रेलिगेशनबाट जोगिने सम्भावना बढेको छ । ब्राइटन ३७ खेलबाट ३८ अंकसहित १५ औँ स्थानमा छ। अर्को खेलमा एभर्टनले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ। एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार
Comments