काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्याम विजयी भएको छ।
अवे मैदानमा भएको खेलमा टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको हो। पहिलो हाफमा एक गोल गरेको टोटनह्यामले दोस्रो हाफमा दुई गोल गरी एक गोल खाएको हो।
२७ औँ मिनेटमा सन हेङ्ग–मिनको गोलबाट टोटनह्यामले सुरुवाति अग्रता लियो । न्यूक्लास युनाइटेडका लागि ५६ औँ मिनेटमा म्याट रिचीले गोल गरी बराबरीमा ल्याए ।
त्यसपछि टोटनह्यामका लागि ह्यारी केनले लगातार दुई गोल गरे । उनले ६० र ९० औँ मिनेटमा गोल गरेपछि टोटनह्याम ३–१ ले विजयी भयो ।
जितपछि टोटनह्यामको ३६ खेलबाट ५५ अंक बनाएको छ । जोसेको टिम सातौँ स्थानमा छ । पराजित भएको न्यूक्यास ३६ खेलबाट ४३ अंकसहित १३ औँ स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन १ बिहिबार
Comments