काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना क्लबका स्टार खेलाडी अर्थुर मेलोलाई बेच्न सहमति जनाएको छ । क्लबका मिडफिल्डरलाई युभेन्ट्स जानका लागि ७२ मिलियन युरो खर्च गर्न तयार रहेको बर्सिलोनाले स्काइ स्पोर्ट्समा भनेको छ ।
अर्थुर मेलो सन् २०१८ मा जेरिमियोबाट बार्सिलोनामा आएका हुन् । उनले बार्सिलोनाका लागि ४७ लिग खेल खेल्दै तीन गोल गरेका छन् । उनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
ब्राजिलियन स्टार खेलाडीलाई बार्सिलोनाले युभेन्ट्समा बेच्न सहमति जनाएको हो । स्काई स्पोर्ट्सको रिपोर्टअनुसार दुवै क्लबले अर्थुरको विषयमा सहमति जनाइसकेको बताएका छन् ।
प्रकाशित मितिः२०७७ असार १० बुधबार
Comments