काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल लाडोलिडलाई १–० गोल अन्तरले हराएको हो । जितसंगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । डिएगो कोस्टाको उपलब्ध गराएको पासमा सहि पोजिसनमा नरहेका गोलकिपर जोसे एन्टोनियो कारोको फाईदा उठाउँदै भिटोलोले गोल गरेका थिए । एट्लेटिकोले दर्शन बिहिन घरेलु मैदानमा पहिलो पटक खेलेको हो ।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।
अन्य खेलमा लेभान्तेले स्प्यानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो । अर्को खेलमा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ७ आइतबार
Comments