काठमाडौं । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले विंगर लोरी सानेले क्लब छाड्न चाहेको बताएका छन् । म्यान्चेष्टर सिटीले २४ वर्षीय विंगरलाई सम्झौता नविकरणका लागि मनाउने कोशिश गरिरहेको छ । उनको क्लबसंगको सम्झौता सन् २०२१ मा सकिदैछ ।
साने पछिल्ला १२ महिनादेखि बायर्न म्युनिखसंग जोडिएका छन् । उनले धेरै प्रस्तावहरु अस्विकार गरिसकेका छन् । ‘उनी अर्को क्लब जान चाहन्छन् ।’ ग्वार्डीओलाले भने, ‘मलाई थाहा छैन । उनी यो समर वा अर्को समरमा सम्झौता सकिएपछि क्लब छोड्ने छन् ।’
साने सन् २०१६ मा साल्केबाट ५ वर्षको सम्झौता सहित ३७ मिलियन पाउण्डमा सिटी अएका थिए । गत अगष्टमा लिगामेन्ट च्यातिएसंगै उनी मैदान देखिएका छैनन् ।
‘नयाँ सम्झौताको बिषयमा दुई वा तीन पटक कुराकानी भएको छ ।’ सानेले भने, ‘जब हामी खेलाडीलाई प्रस्ताव गर्छौ । किनकी हामी उनीहरुलाई चाहन्छौ ।’
‘उनी विशेष क्षमता भएका खेलाडी हुन् । हामी त्यस्तो खेलाडी चाहन्छौ जसले क्लबबाट खेल्न चाहन्छन् । र क्लबको लक्ष्य पुरा गर्न चाहन्छन् ।’ ग्वार्डीओलाले भने । ‘उनी राम्रा मानिस हुन् । म उनलाई प्रेम गर्छु । उनीबिरुद्ध मलाई केही भन्नु छैन । तर उनी अर्को चुनौती सामना गर्न चाहन्छन् ।’ उनले थपे । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ६ शनिबार
Comments