काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जीत हात पारेको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको आफ्नो पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जीत दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए । जीतसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउँदै उपाधि होड कायमै राखेको छ ।
बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलको २८ खेलबाट ५९ अंक छ भने बार्सिलोनाको ६१ अंक रहेको छ ।
प्रकाशित मितिः २०७७ असार १ सोमबार
Comments