काठमाडौं । स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाँच कोरोना भाइरसबाट संक्रमित भएका छन् । केही दिनदेखि उनी बिरामी रहेका थिए । परीक्षणपछि उनी कोरोना भाइरसबाट संक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
हाल उनी आराम गरिरहेको बताइको छ । ७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् ।स्विजरल्याण्डमा हालसम्म कोरोनाको संक्रमण २ हजार बढी पुगिसकेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ३ मंगलबार
Comments