काठमाडौं । पछिल्लो समय देखिएको कोरोना भाइरसको त्रासका कारण नेपाली खेलकुदमा एकपछि अर्को गरि खेल प्रतियोगिताहरु स्थगित गर्ने क्रम जारी छ । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता स्थगित भएको छ ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित भएको जनाएको छ ।
स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने तय भएको थियो ।
तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।
यसका साथै यहि प्रतियोगिताको छनोट खेलका रुपमा रहेको गण्डकी, प्रदेश ५, कर्णाली तथा सुदुरपश्चिम प्रदेशको छनोट पनि स्थगित गरिएको जनाएको छ ।
।
प्रतियोगिता काठमाडौंको बसन्तपुर डबलीमा हुने तय भएको थियो ।
प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार
Comments