काठमाडौं ।लण्डन क्लब आर्सनल युरोपा लिगबाट बाहिरिएको छ । शुक्रबार अन्तिम ३२ को दोस्रो लेगको खेलमा ओलम्पियाकोससंग पराजित हुँदै आर्सनल अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।
कप्तान पियरे ईम्रिक अबुमियाङले खेलको अन्तिम समयमा गोलको स्पष्ट अवसर खेर फालेपछि आर्सनल युरोपा लिगबाट बाहिरिन बाध्यम भयो ।
पहिलो लेगको खेलमा आर्सनलले १–० को अग्रता लिएको थियो । पपी अबौ सीसेको गोलसंगै ग्रिस क्लबले दोस्रो लेगको खेल बराबरीतर्फ उन्मुख बनाएको थियो ।
अबुमियाङले थपिएको अतिरिक्त समयमा गोल गर्दै आर्सनललाई अघिल्लो चरणको नजिक पुर्याएका थिए । खेलको अन्तिम समयमा युसुफ एल अरबीले गोल गर्दै समग्रमा खेल २–२ को स्थितीमा ल्याए ।
सो गोलसंग बराबरीमा सकिएको खेलमा अवे गोलका आधारमा ओलम्पियाकोस युरोपा लिगको अघिल्लो चरणमा प्रवेश गर्न सफल रह्यो ।
खेलको अन्तिम समयमा डिबक्समा अनमार्क रहेको अबुमियाङले गोलको सुन्दर अवसर प्राप्त गरेका थिए । तर उनी गोलमा असफल हुँदा सन् २०२० मा प्रशिक्षक मिकेल अर्टेटाले पहिलो हार ब्यहोर्न बाध्य भए ।
प्रकाशित मितिः २०७६ फागुन १६ शुक्रबार
Comments