भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४ह१०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागत्ता खाइजु, श्रयस्का शिल्पकार, कसिस गोठे प्रथम, ललितपुर महानपाका काजल बिष्ट, रजिना दुलाल, रफिका अवाले, सुप्रिभा रजत द्वितीय, ईशा राई, सन्दिपा भन्डारी, सुमिना दाहाल, कान्ति राई तृतीय हुन सफल भए ।
यसैगरी ४x१०० मि. रिले पुरुषातर्फको फाइनल खेलमा भक्तपुर नपाबाट रोहन सुवाल, रोशन पहरी, सुजन थारु, लोकेन्द्र बिष्ट प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ, सूर्य माझी, दिलिप थाकुर, अशोक माझी द्वितीय र ललितपुर महानपाका छिरिङ लामा, रोनिश आचार्य, विकास खाँक थकुरी, सौरव राईले तृतीय स्थान हासिल गरे ।
८०० मिटर दौड पुरुष फाइनलतर्फ ललितपुर महानपाका उत्तम श्रेष्ठ प्रथम, चौतारा साँगाचोकगढी नपाका दर्पण श्रेष्ठ द्वितीय र भक्तपुर नपाका सौगात बानियाँ तृतीय हुन सफल भए ।
८०० मि. महिला दौडको फाइनलमा ललितपुर महानपाका काजल बिष्ट प्रथम, भक्तपुर नपाका श्रयस्का शिल्पकार द्वितीय, भक्तपुर नपाका उर्जा मधिकर्मी तृतीय हुन सफल भए ।
ज्याभ्लिङ थ्रो पुरुषातर्फको फाइनल खेलमा भरतपुर महानपाका बिरेन्द्र चौधरी प्रथम, भक्तपुर नपाका लोकेन्द्र बिष्ट द्वितीय र रामेछाप नपाका शिवनाश कडरिया तृतीय हुन सफल भए ।
ज्याभ्लिङ थ्रो महिलातर्फको फाइनल खेलमा किर्तिपुर नपाका सकुन्तला ठगुनी प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितीय र मन्थली नपाका अनिका कार्कीले तृतीय स्थान हासिल गरे ।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments