काठमाडौं । रियाल मड्रिडका लागि अत्यन्तै पीडादायी बनेको रात शनिबार टोलीले लेभान्टेसँग १–० को स्तब्धतापूर्ण पराजय भोग्नाका साथै महत्वपूर्ण साताअघि इडेन हाजार्ड पनि घाइते भएका छन्।
जोसे लुइस मोरालेसले अन्तिम समयमा गोल गरेपछि लेभान्टेले शीर्ष टोली रियालमाथि आश्चर्यजनक नतिजा निकालेको थियो। शीर्ष स्थान हासिल गर्ने दौडमा रहेको प्रतिद्वन्द्वी बार्सिलोनाले एइबारमाथि ५–० को रवाफ जमाएको दिन भोगेको हारपछि रियाल दोस्रो स्थानमा झरेको छ।
बार्सिलोना ५५ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा रियाल ५३ अंकमा सिमित भएको थियो। लेभान्टेलाई घरेलु मैदानमा अनपेक्षित जित दिलाउन समय सकिन ११ मिनेट बाँकी रहँदा मोरालेसले गोल गरेका थिए। निकोला भुक्सेभिचको पासलाई मोरालेसले गोलमा परिणत गरेका थिए।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments