चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा अहिले गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस जुटेका छन्।
रङ्गशालामा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको यस क्रिकेट रङ्गशालालार्य अहिले देश तथा विदेशबाट सहयोग आइरहेको छ । यसैक्रममा देशैभरीका ईच्छुक क्रिकेट प्रेमीहरुको लागी एउटा खुशीको खबर आएको छ ।
निर्माणाधीन क्रिकेट रंगशाला स्थलमा ‘सेन्टिभाईरस टिम’ र ‘चलचित्र पत्रकार’ बिच मैत्रीपुर्ण खेल हुने भएको छ । उक्त मैत्रीपुर्ण खेल फागुन २ गते बिहान ८ बजेदेखि शुरु हुने भएको छ । उक्त खेल प्रतियोगीतामा सक्कीगोनीका टिम पनि हुने जनाइएको छ । उक्त खेल हेर्न प्रवेश शुल्क १०० रुपैया मात्र लाग्ने जनाइएको छ ।
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार
Comments