काठमाडौँ । मध्यम बलिङ गरेका नेपाली लेग स्पीनर सन्दीपले आक्रामक ब्याटिङ गर्दै नेपालको इनिङ उकासेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार सुरु भएको आईसीसी क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा उनी २७ रन बनाएर खेलिरहेका छन्।
नेपालको लगातार ७औँ विकेट गुमेपछि ९औं स्थानमा ब्याटिङ गर्न आएका सन्दीपले १९ बलमा १ छक्का र ३ चौका हिर्काएका छन्। नेपालको स्कोर १२४ हुँदा आएका उनले शरद भेषावकरसँग ३८ रनको साझेदारी बनाइसकेका छन्।
१० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिएका थिए। यस सिरिजमा लिने हरेक विकेटमा सगरमाथाको उचाई बराबर चितवनमा बन्दै गरेको क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका उनले आज कुनै विकेट भने लिन सकेनन्।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार
Comments