एजेन्सी, ५ मंसिर । क्रिष्टियानो रोनाल्डोको करियरको ३९ औं हृयाट्रिकको मदतमा रियलले मड्रिड डर्बीमा शानदार जित हात पारेको छ । स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियल मड्रिडले शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडमाथि ३–० गोल अन्तरको जित हात पारेको हो ।
क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले रियल मड्रिड विजयी भएको छ । २३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा रियल मड्रिडले १–० को अग्रता दिलाएका रोनाल्डोले ७१ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । यस्तै खेलको ७७ औं मिनेटमा गोल गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ३९ औं ह्याट्रिक पूरा गरे ।
गएरातिको जितसँगै १२ खेलबाट ३० अंक भएको रियल मड्रिडल शीर्ष स्थानमा अंक दूरी पनि लम्ब्याएको छ । २६ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ । रियल मड्रिसँग पराजित भएको एथ्लेटिको मड्रिड १२ खेलबाट २१ अंकसहित पाँचौं स्थानमा छ ।
रोनाल्डोको ह्याट्रिक पछि मड्रिड डर्बीमा रियल विजयी
0
Share.
Comments