काठमाडौं । ब्रिगेड ब्वाईज अर्थात बिबिसी रेलिगेशन क्षेत्र नजिकै छ । ब्रिगेड ८ अंक सहित तालिकाको १० औं स्थानमा छ । ब्रिगेड पुछारको टिम सरस्वती भन्दा मात्र चार अंकले माथि छ । उसलाई मैदान बाहिरको चलखेलले रेलिगेशनमा पर्ने डर समेत छ ।
लिग तालिकामा सुधार गर्ने लक्ष्य सहित ब्रिगेडले बिहिबार दोस्रो खेलमा बलियो प्रत्यासी एनआरटीसंग प्रतिस्पर्धा गर्दैछ । लिगको नवौँ चरणको अन्तिम खेलमा ब्रिगेड र एनआरटी भिड्न लागेका हुन् ।
गत सिजनको खराब प्रदर्शनका कारण ऋण अंकबाट नयाँ सिजनको सुरुवात गरेको एनआरटी १२ अंक सहित तालिकाको छैटौ स्थानमा रहेको छ ।
नवौं चरणको अन्तिम खेलमा एनआरटीले ब्रिगेडलाई पराजित गर्दै पाँचौं जित आत्मसाथ गर्न चाहन्छ । ब्रिगेडविरुद्ध जित हात पार्दै एनआटी चौथौ स्थानमा उक्लन चाहन्छ ।
‘ब्रिगेडलाई सामान्य लिदैनौं । राम्रो टिम छ । जबसम्म गोल हुँदैन, तबसम्म भन्न सकिदैन । आफ्नो पक्षमा खेल ल्याउन खेल्छौं ।’ एनआरटी क्लबका प्रशिक्षक राजुकाजी शाक्य भन्छन् ।
यता, ब्रिगेड पनि एनआरटिलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट टाढा रहन चाहन्छ ।
एनआरटीविरुद्ध बिबिसी तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।
‘एनआरटी राम्रो छ । हामी पनि आफ्नो खेल खेल्छौं । जित्न खेल्छौं ।’ बिबिसीका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।
एनआरटीविरुद्ध बिबिसीको जर्सीमा अष्टेलियमा रहँदै आएका शुलभ मास्के देखिनेछन् । गत सिजन मनाङबाट लिग खेलेका उनि त्यसयता अष्टेलियमा छन् ।
बिहिबार एनआरटीले आफ्ना विदेशी मिडफिल्डर जुनियर ओन्गुएनलाई गुमाउने छ । आर्मीविरुद्धको अन्तिम खेलमा उनले दोहोरो पहेलो कार्ड पाएका थिए । यस्तै घाईते बिक्रम धिमाललाई पनि एनआरटीले गुमाउन सक्नेछन ।
यता, बिबिसीले पनि आफ्ना भारतीय खेलाडी मोहम्मद सौकातलाई गुमाउने छ । अन्य खेलाडी भने उपलब्ध हुनेछन् ।
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार
Comments