काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा स्वर्ण पदक विजेता अनु अधिकारी र सुनिता महर्जन सम्मानित भएका छन् । सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभाको अवसरमा स्वर्ण पदक विजेता दुवै खेलाडीले सम्मान गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सर्वशक्तिका अध्यक्ष सुरेन्द्र महर्जन र सर्वशक्तिका सचिव दिलबहादुर बुढाथोकीले उनीहरूलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । सोहि कार्यक्रममा एकेएफ परीक्षाको जज ‘ए’ श्रेणीमा उत्तीर्ण भएका महेश महर्जनलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित मितिः २०७६ पौष २७ आइतबार
Comments