काठमाडौं । न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह’ बी’ को समूह चरणको अन्तिम खेलमा पुलिस क्लब न्यु डायमण्डसँग ३–२ को सेटमा पराजित भएको हो ।
पुलिस न्यु डायमण्डसँग २५–१९,२५–२३,१७–२५,१६–२५ र १५–६ ले पराजित भएको हो । पुलिस र न्यु डायमण्ड यसअघि नै सेमिफाइनलमा प्रवेश गरेका थिए । यस खेलबाट न्यु डायमण्ड समूह’ बी’ को विजेता र पुलिस समूह’ बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
प्रकाशित मितिः २०७६ पौष २५ शुक्रबार
Comments