पोखरा । विराटनगर टाइटन्स पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिनजिक पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई २१ रन पराजित गर्दै विराटनगर उपाधिनजिक पुगेको हो ।
विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १ सय ४४ रन बनायो ।बुटवलका भीम सार्कीले ४४, अफ्ताबूदिन अहमेदले ४३, पुरन बिकेले १५ तथा शिवम सिंहले १४ रन बनाए ।
विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३र३ तथा किशोर महतो, जैद आलम र जितेन्द्र मुखियाले १(१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
अब विराटनगरले उपाधिका लागि पारस खड्का कप्तान रहेको चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहदै फाइनल पुगिसकेको छ । फाइनल भोलि शनिबार हुनेछ ।
प्रकाशित मितिः२०७६ पुस ११ शुक्रबार
Comments