काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद को क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले अर्धशतकीय पारी खेलेका छन् ।
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पूर्व कप्तान खड्काले २८ बलमा ५७ रन जोडे । एक छक्का र नौ चौका प्रहार गरेका खड्कालाई बिके दोर्जीको बलमा जे सिंगेले क्याच आउट गरे ।
कप्तान मल्लले ३२ बलमा ६० जोडीसकेका छन् । उनले पाँच छक्का र चार चौका प्रहार गरिसकेका छन् । ११ ओभरको खेल सकिदा नेपालले दुई विकेटको क्षतिमा १३९ रन जोडेको छ । ६ बलमा ६ रन जोडेर रोहित पौडेल आउट भएका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments