काठमाडौं । युरो कप छनोटमा इटलीले फिनल्याण्डमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा इटलीले फिनल्याण्डमाथि २–१ को कठिन जित निकालेको हो । इटालीका लागि चिरो इम्मोबिली र जोर्गिन्होले एक एक गोल गरे । यस्तै फिनल्याण्डका लागि पुकीले एक गोल गरे ।
खेलको ५९ औ मिनेटमा इम्मोबिलीले हेडमार्फत गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा फिनल्याण्डका पुक्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । ७९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै इटालीलाई जित दिलाए ।
समुह जे को शीर्ष स्थान रहेको इटालीको ६ खेलबाट १८ अंक भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २३ सोमबार
Comments