काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । मंगलबार बिहान भएको खेलमा रुसी टेनिस सुन्दरी मारिया सारापोभालाई पराजित गर्दै सेरेनाले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
आठौं वरियताकी सेरेनाले सारापोभालाई ६-१ र ६-१ को सेटमा पराजित गरिन् । सारापोभाविरुद्ध जित निकाल्न सेरेनाले ५९ मिनेटको समय निकालिन ।
युएस ओपन अन्तर्गत नै महिलातर्फ विश्व नम्बर दुई एस्लेइघ बार्टी र कारोलिना प्लिस्कोभाले दोस्रो चरणको यात्रा तय गरेका छन् । पूर्व विश्व नम्बर एक एञ्जलिक केर्बेर भने बाहिरिएकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १० मंगलबार
Comments