काठमाडौँ । श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
तालिका अनुसार नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा, दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र समूहको अन्तिम खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ । आठ देश सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments