काठमाडौं । नयाँ सिजनको स्पेनिस लिग फुटबल ‘ला लिगा’ आज शुक्रबार रातिबाट सुरु हुँदैछ ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले एथ्लेटिक विल्बाओ क्लबसँग खेल्दै लिगको सुरुवात हुनेछ । एथ्लेटिक विल्बाओको मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ ।
यो खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी नखेल्ने सम्भावना छ । पिडुँलाको चोट बोकेका मेस्सीले अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् ।
बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेस्सीलाई लिएर आफुले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन ।
प्रकाशित मितिः २०७६ साउन ३१ शुक्रबार
Comments