काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर नेयमारलाई कारबाही गर्ने भएको छ ।
प्रि–सिजनको पहिलो दिन नै अभ्यासमा उपस्थित नभएपछि पीएसजीले ब्राजिलियन फरवार्ड नेयमारलाई कारबाही गर्ने भएको हो ।
पीएसजीले सोमबारबाट सुरु गरेको अभ्यासको पहिलो दिन नेयमार मैदान अनुपस्थित रहेका थिए । क्लबको अभ्यासमा विना सूचना अनुपस्थित भएपछि नेयमारसँग क्लब रुष्ट बनेको हो ।
अभ्यासमा नआउने बारे नेयमारले क्लबमा कुनै जानकारी नगराएको भन्दै पीएसजी कारबाही गर्ने तयारीमा पुगेको उल्लेख गरेको छ ।
‘पीएसजीले टिपोट गरेको छ कि नेयमार उक्त समय र स्थानमा उपस्थित भएन । यो कार्यबाट क्लब निकै पछुताएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुई वर्षअघि नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजीमा गएका थिए । यता, पछिल्लो समय नेयमार पूर्व क्लब बार्सिलोना फर्कने हल्ला चलिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २४ मंगलवार
Comments