काठमाडौँ। मोहमद सलाहा प्रेरित ईजिप्ट अफ्रिका कप अफ नेसन्सको प्रि क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा कंङ्गोलाई २-० गोल अन्तरले पराजित गर्दै ईजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको हो । ईजिप्टको जितमा ईङ्लिस क्लब लिभरपुलका फरवार्ड सलाहा नायक रहे ।
उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरिदिएपछि ईजिप्ट सहजै अघिल्लो चरण प्रवेश गरेको हो ।
खेलको २५ औ मिनेटमा सलाहाको पासलाई सदुपयोग गर्दै अहमद एल्मोहामदी गोल गरेका थिए । ४३ औ मिनेटमा सलाहाले गोल गर्दै ईजिप्टको जित निश्चित गरेका थिए ।
सात पटकको प्रतियोगिता विजेता ईजिप्ट टोली नाईजेरियासंगै अन्तिम १६ मा प्रवेश गरेको हो ।ईजिप्टले पछिल्लो पटक सन् २०१० मा प्रतियोगिता जितेको थियो ।
समुह एको शीर्ष स्थानमा रहेको ईजिप्टले २ खेलबाट ६ अंक जोडेको छ । दोस्रो स्थानको युगान्डाले ४ अंक बटुलेको छ । तेस्रो स्थानको जिम्बाबेको मात्र एक अंक छ ।
कंङ्गो अंक विहिन हुँदै पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
Comments