काठमाडौं । साबिकको विजेता क्यामरुनले इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा गिनी-बिसाउलाई २-० गोल अन्तरले पराजित गर्दै क्यामरुनले विजयी सुरुवात गरेको हो ।
क्यामरुनको जितमा याया बनना र स्टेहान बहोकेनले एक एक गोल गरे । जितसँगै समूह एफ को क्यामरुनले पहिलो खेलबाट ३ अंक जोडेको छ । पराजित गिनी अंक विहीन रहेको छ ।
यस समूह अन्तर्गत नै भएको अर्को खेलमा घाना र बेनिनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ११ बुधबार
Comments