काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले बिहिवार पराग्वेसँग प्रतिस्पर्धा गर्दैछ । समुह बी मा रहेको अर्जेन्टिना पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको थियो । उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा पराजित भएपछि कप्तान लियोनल मेस्सीको तिब्र आलोचना भयो ।
अर्जेन्टिनाले बिहिवार बिहान समुह चरणको दोस्रो खेल पराग्वेसँग खेल्दैछ । पहिलो खेलमा पाहुना टोली कतारसँग २–२ गोलको बरावरी खेलेको पराग्वे बिहिवार मैदान उत्रदा अर्जेन्टिनालाई रोक्ने योजनामा हुनेछ ।
आफ्नो पहिलो खेलमा कोलम्बियासँग पराजित टोली अर्जेन्टिनालाई दोस्रो चरणका प्रवेश गर्न पराग्वेलाई पराजित गर्नुपर्ने दबाव छ । यदी पराग्वेसँग पराजित भएको अवस्थामा अर्जेन्टिनाको दोस्रो चरणको सम्भावना कठिन बन्नेछ । यी दुइ टोली बिचको खेल बिहिवार बिहान ६ : १५ बजे सुरू हुनेछ ।
क्लब फुटबलमा सफल खेलाडी मेस्सीले राष्ट्रिय टोलीकालागि उपाधि जिताउन सकेका छैनन् । ४६ औं संस्करणको कोपा अमेरिका फुटबलको दाबेदार टोली अर्जेन्टिना हो । तर पहिलो खेलमा पराजित भएपछि आलोचित बनेका मेस्सीको परीक्षा बिहिवार बिहानको खेलमा हुने उनका सर्थकहरूले बताएका छन् ।
कोलम्बियासँग पराजित भएपनि अर्जेन्टिना पून खेलमा फर्कने मेस्सीका सहकर्मी तथा उरुग्वेका खेलाडी लुइस स्वारेजले बताएका छन् । कठिन अवस्थामा जुधिरहेका मेस्सी पून कमब्यक गर्ने बताउँदै स्वारेजले मेस्सी भएको टिममा असम्भव केही नभएको बताए ।
बिहिवार नै कोलम्बिया र कतार पनि मैदान उत्रदैछन् । कोलम्बिया र कतार बिचको खेल भने बिहान ३ : १५ मा सुरु हुनेछ । ब्राजिलमा जारी ४६ औं संस्करणको कोपा अमेरिका फुटबलेको समुह बी मा रहेको अर्जेन्टिना पुछारमा छ । कोलम्बिया ३ अंक सहित शीर्ष स्थानमा छ भने पहिलो खेल २–२ गोल बरावरी खेलेका पराग्वे र कतार १–१ अंक सहित दोस्रो र कतार तेस्रो स्थानमा छ । अर्जेन्टिना अंक बिहिन अवस्थामा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ४ बुधबार
Comments