काठमाडौँ । तीन पटकको च्याम्पियन सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।शनिबार राति भएको तेस्रो चरणमा अमेरिकी सेरेना आफ्नै देशकी बिना वारियताकी सोफिया केनिनसंग पराजित भईन् ।
अन्तिम १६ को यात्रा तय गर्ने क्रममा सोफियाले सेरेनालाई ६-२ र ७-५ को सेटमा पराजित गरिन् । प्रतियोगिता अन्तर्गत नै विश्व नम्बर एक जापानकी नोआमी ओसाका पनि तेस्रो चरणबाट बाहिरिएकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ १९ आइतबार
Comments