काठमाडौं । थाइल्याण्डमा सम्पन्न एसीसी यू—१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू—१६ क्रिकेट टोली आज स्वदेश फर्कदै छन् ।
नेपाली यू–१६ टोली आजर दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने कार्यक्रम रहेको छ ।
नेपालले फाईनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै अघिल्लो संकरणमा पनि नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
Comments