काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछ । आईपीएलमा आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्दैछ । अर्को खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल दिउँसो ४स्१५ मा सुरु हुनेछ । सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध चौंथो जितको खोजीमा रहने छन् । दिल्लीले ५ खेलमा २ जित निकालेको छ । दिल्ली छैटौं स्थानमा छ ।
यता, बैंगलोर भने पहिलो जितको खोजीमा हुनेछन् । अघिल्ला पाँच खेल गुमाएको बैंगलोर पुछारमा छ । बैंगलोरविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । किनकी सन्दीपले पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गरिरहेका छन् ।
दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई खेलाएको थिएन् । तर , सन्दीपले पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारीसकेका छन् । दिल्ली र बैंगलोरबीचको पछिल्लो पाँच खेलमा बैंगलोर बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा सबै खेल बैंगलोरले जितेको छ ।
यस्तै राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल राति ८स्१५ मा सुरु हुनेछ । कोलकत्ता चौंथो जितको खोजीमा रहेको छ । राजस्थान भने दोस्रो जितको खोजीमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २४ आइतबार
Comments