काठमाडौं । म्यानचेस्टर सिटी इन्ग्लिश एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।
वेम्बली स्टेडियममा सिटीलाई जित दिलाउन गाब्रियल जिसस नायक बने । खेलको तेस्रो मिनेटमा जिससले गरेको गोल नै सिटीको जितमा प्रयाप्त बन्यो ।खेलमा बल पोजिसनमा एकतर्फी पकड जमाएपनि सिटीले थप गोल गर्न सकेनन् । ब्राइटनले समेत गोलको केहि मौकालाई सदुपयोग गर्न सकेनन् । अब सिटीले उपाधिका लागि वुल्भ्स र वाट्फोर्डबीचको विजेतासंग खेल्नेछ ।
प्रकाशित मितिः२०७५ चैत २४ आइतबार
Comments