काठमाडौँ । म्यानचेस्टर सिटीका पुर्व मिडफिल्डर याया टोरेले सिटीका विंगर रहिम स्ट्रर्लिङ प्लेयर अफ इयरको हकदार रहेको बताएका छन् । २४ बर्षीय स्ट्रर्लिङको खेल स्तर अर्कै स्तरमा पुगेको कारण उनि प्लेयर अफ इयरका लागि हकदार रहेको टोरेले बताए ।मेरो भाई स्ट्रर्लिङ प्रशिक्षक पेल्लिग्रिनी हुँदा सिटीमा आबद्द भए । जब पेप आए स्ट्रर्लिङ अर्कै स्तरमा पुगे । उनी पूर्ण छन्,ु मिररसंग टोरेले भने ।
स्ट्रर्लिङले यस सिजन सिटीका लागि २८ खेलमा १५ गोल गरिसकेका छन् । यस्तै स्ट्रर्लिङले ९ गोलका लागि पास उपलब्ध गराएका छन् । यस्तै टोरेले स्ट्रर्लिङको खेल स्तर सुधार हुनुमा सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवलाको हात रहेको बताए ।
ुपेपले उनलाई आत्मविश्वास दिलाएका छन् । स्ट्रर्लिङ त्यहिँ चाहन्थे, ओलम्पिकोसका मिडफिल्डर टोरेले थपे, जब उनले लिभरपुलसंग खेले म डराएका थिए । किनकी उनले छोटो र चाँडो खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १९ मंगलबार
Comments