काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाले लज्जास्पद हार खेपेको छ । बुधबार राति भएको खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग एक सय १३ रनले पराजित भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५१ रन बनाएको थियो । दुई सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ३२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो ।
दक्षिण अफ्रिकाको जितमा म्यान अफ दी म्याच घोषित क्विन्टन डीककले ९४ रन बनाए । उनले ७० बलको सामना गरेका उनले १७ चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान फाफडु प्लेसि ५७, रजा हेनरडिक्स २९, डेविड मिलर २५ र वियन मूल्डरले १७ रन बनाए । बलिङमा श्रीलंकाका थिसेरा परेराले तीन विकेट लिए ।
कप्तान लाथिस मलिंगा र धनन्जय डी शिल्भाले दुई दुई तथा विश्व फर्नान्डो, कसुन रजिथा र अलिका धनन्जयले एक एक विकेट झारेका थिए । श्रीलंकाका लागि ओशद फर्नान्डोले सर्वाधिक ३१ रन बनाए । कुशल मेन्डिस २४, थिसेरा परेरा २३, धनन्जय डी शिल्भा १५ र अभिस्का फर्नान्डोले १० रन बनाए ।अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
श्रीलंकालाई सस्तोमा समेट्न दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन तथा लुगी निडी, इमरान ताहिर र एनरिच नोर्टजेले दुई दुई विकेट लिएका थिए । जितसँगै पाँच खेलको वान डे सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ । तेस्रो खेल आइतबार हुनेछ ।
प्रकाशित मितिः २०७५ फागुन २३ बिहिबार
Comments