काठमाडौं । यूएईविरुद्ध नेपालका करण केसीले पाँचौं सफलता दिलाएका छन् । करणले ४५ रन बनाएका चुन्डोपिल रिजवानलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएका हुन् ।
यसअघि, नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो पारिको ४० ओभरको खेल सकिउञ्जेल १४० रन दिएर ४ विकेट लिएको थियो ।सुरुमै दुई विकेट लिएर दबाबमा राखेको नेपालले चौथो विकेटका लागि गुलाम सब्बेर र मोहमद उस्मानले ४५ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारी सन्दीप लामिछानेले तोड्न सफल भए ।
नेपालका लागि तेस्रो विकेटको रुपमा सन्दीपले १८ रन बनाएका सब्बेरलाई आउट गरेका थिए । त्यस लगत्तैको ओभरका कप्तान पारस खड्काले मोहमद उस्मानलाई आउट गरे । पहिलो विकेट सोमपालले लिँदा ओपनर ब्याट्सम्यान स्फाक अहमेदलाई खाता नै खोल्न दिएनन् । यसैगरी यूएईको दोस्रो विकेट लिँदा करण केसीले चिराग सुरीलाई पनि शून्य रनमै पेभेलियन पठाएका थिए ।
अहिले करण केसीले आउट भएका चुन्डागोपिल रिजवान ४० ओभर सकिँदासम्म ३९ रनमा नट आउट थिए भने शाइमान अनवर ५१ रनमा खेलिरहेका थिए ।
प्रकाशित मितिः २०७५ माघ १४ सोमबार
Comments