काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ खेलहरु हुँदैछ । प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, दोस्रो स्थानको टोटेनहम, पाँचौ स्थानको आर्सनल, वुल्भ्स, ब्राइटन, एभर्टनलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार प्रिमियर लिगको ६ खेलमध्ये सबैभन्दा प्रतिक्षित रोमान्चित खेल लिभरपुल र आर्सनलबीच हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजेपछि लिभरपुलको मैदानमा हुनेछ ।
प्रिमियर लिगका आज रातिका अन्य खेलहरु
ब्राइटन विरुद्ध एभर्टन राति ८ः४५ बजे
फुलहम विरुद्ध हडर्सफिल्ड राति ८ः४५ बजे
लेस्टर विरुद्ध कार्डिफ सिटी राति ८ः४५ बजे
टोटेनहम विरुद्ध वल्भ्स राति ८ः४५ बजे
वाटफोर्ड विरुद्ध न्युक्यासल राति ८ः४५ बजे
प्रकाशित मितिः २०७५ पुष १४ शनिबार
Comments