काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने यतिबेला अष्ट्रेलियन लिग बिग ब्यास लिग खेल्न अष्ट्रेलियामा छन् । मेलबर्न स्टार्स टिमले उनलाई सो लिगका लागि अनुबन्ध गरेको छ ।
सन्दीप सम्मेलित सो टोलीले आज बिग बास लिग क्रिकेटमा पहिलो खेल खेल्दैछ । नेपाली समयअनुसार आज दिउँसो २ बजे सन्दीपको टिम मेलबर्न स्टार्सले सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा खेल्न लागेको हो ।
अष्ट्रेलियाको क्यानबेरास्थित ओभल मनुकामा हुने सो खेलमा सन्दीपले पनि डेब्यू गर्ने सम्भावना रहेको छ । दुई जना विदेशी खेलाडीले एक खेलमा खेल्न पाउने नियम भएको हुँदा उनको सम्भावना प्रवल मानिएको हो । हाल सन्दीप आवद्ध सो टिममा विदेशी खेलाडीमा सन्दीप र वेष्ट इन्डिजका ड्यान ब्राभो मात्रै रहेका छन् ।
प्रकाशित मितिः २०७५ पुष ६ शुक्रबार
Comments